Logo

अर्थ

दुई सचिवले दिए राजीनामा



काठमाडाैं । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

निजामती किताबखानाका अनुसार आगामी ४ भदौमा अवकाश हुन लागेका अधिकारीले एक साताअघि राजीनामा दिएका थिए । पोखरेल भने २३ भदौ २०८४ सम्म पदमा बहाल रहन पाउने अवस्थामा थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार १४:०१   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।