Logo

प्रमुख समाचार

भेरी नदीमा जिप खस्यो: २ जना बेपत्ता, २ जना घाइते



सुर्खेत । सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीकाअनुसार सवार ४ जनामध्ये २ जना नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गाडी चालक र गाडी मालिक रहेका छन् ।

यस्तै, बनगाड कुपिण्डे नगरपालिका—१, का २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् ।

उनीहरू दुवै जना नदीमा पौडी खेलेर बाहिर निस्किन सफल भएका थिए । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट ५० मिटर तल नदीमा खसेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार १५:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।