Logo

प्रमुख समाचार

ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो



काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।

चीनको तिब्बतमा बनेको कृतिम ताल फुटेपछि बाढी सुरु भएको हो ।

बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो । महाशाखाले त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार १३:०७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।