काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन् ।
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार नबिल ब्यालेन्सड् फन्ड २ का इकाइधनीले ३.५ प्रतिशत र नबिल ब्यालेन्सड् फन्ड ३ का इकाइधनीलाई २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ ।
योजना व्यवस्थापकका अनुसार नबिल ब्यालेन्सड् फन्ड २ का इकाइधनीलाई ३ करोड ९२ लाख रुपैयाँ र नबिल ब्यालेन्सड् फन्ड ३ का इकाइधनीलाई ३ करोड १२ लाख ५० हजार रुपैयाँ प्रतिफल वितरण गरिनेछ । कम्पनीले इकाइधनीलाई प्रतिफल वितरण गर्न असोज ७ मा बुक क्लोजको घोषणा गरेको छ ।
















प्रतिक्रिया