Logo

खेलकुद

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट



काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निराशाजनक ब्याटिङ गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भयो ।

भारतले जितका लागि १२९ रनको सामान्य लक्ष्य पाएको छ । नेपालको इनिङ्समा दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । आशिष लुहारले २९ रन जोडे ।

नेपालका लागि यो प्रतियोगिताको पहिलो खेल हो । समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १४:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।