Logo

अर्थ

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने



काठमाडाैं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेकाे छ ।

बिहीबार सांझ बसेकाे बैंक संचालक समिति बैंठकले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद तथा १० प्रतिशत बाेनस सेयर गरि २० प्रतिशत लाभांश घाेषणा गरेकाे हाे ।

बैंंक संचालक समिति ३५१औँ बैठकले हाल कायम चुक्तापुँजी ६ अर्व २ कराेड १३ लाख ४८ हजार ३ सय ६७ रूपैयाँ २२ पैसाकाे कुल २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित प्रश्चात वितरण गरिने बैंकले जनाएकाे छ ।

लाभांश वितरण प्रश्चात बैंककाे चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रूपैयाँ पुग्ने छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार १२:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।