Logo

विविध

निजामती सेवा दिवस मनाइँदै



काठमाडौं । आज निजामती सेवा दिवस मनाइँदै छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ ।

निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, आदर्श, सदाचारिता, चरित्र, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिइन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार ०७:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।