Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९८ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ८१, रातोबत्तीमा ४६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ३७, लेन क्रसमा १२, अवस्था ठिक नभएको २०, एकतर्फीमा ४ र अन्यमा ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार ०७:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।