काठमाडौं । गोल्छा परिवारले हालै देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
गोल्छा परिवारको परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराइएको हो।
गत १० गते रसुवाको भोटेकोशीमा आएको बाढीलगायत देशका विभिन्न क्षेत्रमा भएका विपद्बाट प्रभावित समुदायका लागि सरकारले सञ्चालन गरिरहेको आपत्कालीन उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा सहयोग रकम उपयोग गरिने ट्रष्टले जनाएको छ।
विपद्का कारण प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै ट्रष्टले संकटको समयमा राष्ट्रसँगै उभिने आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने जनाएको छ।
















प्रतिक्रिया