Logo

समाचार

बाढीमा ज्यान गुमाएका एक हजार ३५८ जनाको शव फेला, उद्धार कार्य जारी



काठमाडौं। गत १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म १ हजार ३५८ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन्। १३ हजार ५८३ जनाको उद्धार गरिसकिएको प्राधिकरणले जनाएको छ।

घटनापछि खोज, उद्धार तथा राहत कार्यले निरन्तरता पाइरहेको छ। देश तथा विदेशबाट राहतसमेत आउने क्रम जारी छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार २०:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।