Logo

समाचार

मोबाइल फोन इम्पोर्ट्स एशोसिएसनद्वारा बाढी पीडितका लागि ३१ लाख सहयोग



काठमाडौं ।  रसुवाको भोटेकोशी क्षेत्रमा भाद्र १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि मोबाइल फोन इम्पोर्ट्स एशोसिएसन (एमपीआईए)ले ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम बुधबार नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

एमपीआईएका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाललगायत सञ्चालक सदस्यहरूले अर्थमन्त्री वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

संकलित रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा उपयोग हुने एमपीआईएले जनाएको छ।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले सहयोगका लागि सदस्य संस्थाहरूलाई धन्यवादसमेत दिए।

 

 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार २०:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।