काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपीएस)का एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ।
भोटेकोशी बाढीको स्थलगत निरीक्षणपछि नेपाल आएको युएनओपीएस टोलीसँग भएको भेटमा मन्त्री श्रेष्ठले बाढीबाट भएको क्षतिको मूल्यांकन, खोज, उद्धार तथा राहतका काम तीव्र रूपमा भइरहेको जानकारी दिए।
मन्त्री श्रेष्ठले जलवायु परिवर्तनलाई ध्यानमा राख्दै त्रिशूली करिडोरसहित जलस्रोत तथा जलविद्युत् आयोजनाको पुनर्निर्माण र विकासलाई एकीकृत तथा जलवायुमैत्री बनाउनुपर्ने बताए।
युएनओपीएसकी क्षेत्रीय निर्देशक नेट्जरले नेपालको दीर्घकालीन एकीकृत विकास योजनामा आफ्नो संस्था विज्ञता र अनुभवसहित सहयोग गर्न तयार रहेको बताइन्। त्रिशूली करिडोरको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालनमा समेत प्राविधिक सहयोग गर्ने उनले बताइन्।
















प्रतिक्रिया