धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ पठाउने भएको छ।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी उद्धार कोषमा पठाउने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले सुदूरपश्चिम प्रदेशमा बाढी तथा अन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।
विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वयका साथ परिचालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको सचिवालयले जनाएको छ।
















प्रतिक्रिया