काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशका शिक्षा तथा खेलकुदमन्त्रीसँग समसामयिक विषयमा छलफल गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
बैठकमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, विद्यालय शिक्षा ऐन, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक र विपद्का समयमा तीन तहका सरकारबीच गर्नुपर्ने अन्तरसरकारी समन्वयलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। शिक्षा तथा खेलकुद क्षेत्रको समग्र विकासका लागि पनि तीनै तहका सरकारबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।
















प्रतिक्रिया