Logo

खेलकुद

डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने



काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् । गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ ।

एनपीएलको तेस्रो सिजन कात्तिक ९ गतेबाट सुरु हुँदैछ । काठमान्डु गोर्खाजले यसअघि नै श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएल खेल्न आउने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन् । अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए । २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ चुनिएका थिए । साथै उनले अस्ट्रेलियाबाट २०२१–२३ को विश्व टेस्ट च्याम्पियनसिप पनि जितेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १३:३२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।