काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य, आर्थिक विकास तथा समृद्धिका लागि अघि बढाउन सकिने पहलका विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै आएको आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
दुवै मन्त्रीले नेपाल र भारतबीचको दीर्घकालीन मित्रतालाई थप सुदृढ बनाउने विषयमा छलफल गर्दै विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायबारे विचारविमर्श गरेका थिए।
यसअघि अर्थमन्त्री वाग्लेले शुक्रबार भारतीय उच्च कूटनीतिज्ञहरूसँग छलफल गरेका थिए। भ्रमणको पहिलो दिन उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपाल–भारतबीचका द्विपक्षीय आर्थिक हित र सहकार्यका विषयमा छलफल भएको थियो।

















प्रतिक्रिया