Logo

समाचार

माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला, खोज तथा उद्धार कार्य जारी



काठमाडौं ।  माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धारका क्रममा थप ७ वटा शव फेला परेका छन्।

नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र खोजी गर्ने क्रममा ती शव फेला पारेको हो। यसअघि अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेको थियो।

नेपाली सेनाका अनुसार दिउँसो १२ः०५ बजेको अपडेटसम्ममा ती ६ शवसहित खोजीका क्रममा थप ७ वटा शव फेला पारेर टनेलबाट बाहिर निकालिएको हो।

टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। जोखिमपूर्ण अवस्थाबीच उद्धार टोलीले सम्भावित स्थानमा खोजीलाई निरन्तरता दिइरहेको छ।

 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार २१:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।