Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्ने



काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आइतबार अमेरिका प्रस्थान गर्दैछ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन्। भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल पनि असोज ६ गते अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते सम्बोधन गर्नेछन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभासँगै विभिन्न मुलुकका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता तथा छलफल हुने कार्यक्रमसमेत रहेको जनाइएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार ०९:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।