Logo

समाचार

२,१०३ किलो गाँजासहित सप्तरीबाट दुई जना पक्राउ



सप्तरी ।  डाक्नेश्वरी नगरपालिका–६, फत्तेपुरबाट प्रहरीले करिब २ हजार १०३ किलो गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको घरमा तलासी गर्ने क्रममा उक्त पदार्थ बरामद भएको हो। बरामद पदार्थ गाँजा भए/नभएको यकिन गर्न परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार २१:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।