Logo

अर्थ

सेयर बजारमा ३६ अंकको गिरावट, ६ अर्ब ३५ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ३६.२५ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ ।

आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब ३५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका हुन् ।यस संस्थाका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार १५:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।