काठमाडाैं । लगातार वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि आज राति पृथ्वी राजमार्गमा सवारी आवागमनमा रोक लगाएको छ ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको उल्लेख गरेकी हुन् ।
धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबान लगायतका विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो ।
प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।


















प्रतिक्रिया