काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटीको बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
२०७९ फागुन २५ गते राष्ट्रपतिको कार्यकाल पूरा गरी पदबाट बिदा भएकी भण्डारी त्यसयता पार्टी राजनीतिमा फर्किने तयारीमा थिइन्। उनलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा एमालेभित्र लामो समयदेखि छलफल हुँदै आएको थियो।
अन्ततः एमालेले भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। यससँगै उनी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्।


















प्रतिक्रिया