काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको छ ।


















प्रतिक्रिया