Logo

प्रमुख समाचार

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, केही आरोही बेपत्ताको आशंका



काठमाडौं । मनाङको हिमलुङमा पहिरो जाँदा १ दर्जन बेपत्ता भएको आशंका गरिएको छ ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान नार्पाभुमी गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको हो ।

हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वत आरोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब १ दर्जन बेपत्ता अशंका भएको प्रहरीले जनाएको छ ।

उद्धारको लागि काठमाडौँबाट हेलिकप्टर मनाङको लागि गएको छ । के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त हुन नसकेको प्रहरी सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार १६:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।