Logo

प्रमुख समाचार

अख्तियारका सहसचिव पाण्डेले दिए राजीनामा



काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले राजीनामा दिएका छन्। उनले बुधबारदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।

नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहँदै पाण्डेले राजीनामा दिएका हुन्।

संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सम्बन्धी व्यवस्थापछि सेवा अवधि बाँकी रहेका सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ।

 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार १८:३३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।