Logo

राजनीति

प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने



काठमाडौं । लामो समयदेखि प्रवासी नेपालीहरुका मुद्दा साथै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय नवराज शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्वसभापति एवम् १३औँ, १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्य शिवाकोटीले पार्टी संगठनको सुदृढीकरण, आन्तरिक एकता र बदलिँदो समयअनुसार कांग्रेसलाई थप जनमुखी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

नेविसंघदेखि प्रवासको राजनीति र सामाजिक सक्रियतानेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका शिवाकोटी नेपाल तरुण दल र नेपाली जनसम्पर्क समिति हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।

पुख्र्यौली घर तेह्रथुम भई हाल मोरङमा बसोबास रहेका उहाँ दक्षिण कोरियामा रहँदा व्यावसायिक तथा सामाजिक गतिविधिमा उत्तिकै सक्रिय रहँदै आएका छन् ।

नेपाल–दक्षिण कोरिया सम्बन्ध र गैरआवासीय नेपाली समुदायका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप उहाँलाई सन् २०२१ मा सियोल महानगरपालिकाले ‘मानार्थ सियोल नागरिकता’ बाट सम्मान गरेको थियो।

पार्टी सुदृढीकरण र नयाँ पुस्ताको समन्वयमा जोड उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले आफ्नो यो निर्णयलाई केवल व्यक्तिगत आकाङ्क्षा नभई लामो समयदेखि संगठनमा पु¥याएको योगदान र प्राप्त अनुभवप्रतिको निरन्तरता भएको बताए ।

उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले आफ्नो यो निर्णयलाई केवल व्यक्तिगत आकाङ्क्षा नभई लामो समयदेखि संगठनमा पु¥याएको योगदान र प्राप्त अनुभवप्रतिको निरन्तरता भएको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार ०७:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।