काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन फिर्ता, सच्याउने तथा दाबी विरोधका लागि तोकिएको समय अवधि २ घण्टा थप गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि बिहान १० बजेदेखि १२ बजेसम्मका लागि तोकिएको समयलाई विस्तार गरी आजै दिउँसो २:०० बजेसम्म पुर्याइएको जानकारी दिएको छ।




















प्रतिक्रिया