Logo

प्रमुख समाचार

युवा अर्थशास्त्री डा. वलीले दिए कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी



काठमाडौं । युवा अर्थशास्त्री डा.सुदन वलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

युवा अर्थशास्त्री डा. वलीले कांग्रेसको जारी १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

पार्टीलाई समयानुकूल, ऊर्जाशील र जनमुखी बनाउन प्रयास गर्ने उल्लेख् गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग तथा समर्थनको अपिलसमेत गरेका छन्।

नीति तथा योजना क्षेत्रका विज्ञ डा. ओली नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखिका क्रियाशील सदस्य हुन् । चीनबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनीसँग आफ्नो विज्ञताका आधारमा यसअघि पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति प्रतिष्ठानमा नीति विज्ञको रूपमा रहेर काम गरेको अनुभव पनि छ ।

त्यस्तै, डा. वलीले यसअघि लुम्बिनी प्रदेश योजना आयोग र संघीय मन्त्रालयका विभिन्न योजनामा विज्ञको रूपमा पनि काम गरेका छन् । अहिले पनि डा. वली इनिसियटिभ फर इक्विटेबल अर्थमार्फत अध्ययन तथा अनुसन्धानमा क्रियाशील छन् ।

साथै, उनी गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनेका थिए ।

विद्यार्थी कालमै नेविसंघको राजनीति थालेका उनले बिभिन्न आन्दोलनहरुमा पनि सक्रिय भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।