Logo

अर्थ

नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने



काठमाडाैं । नेपाली सेनाका ३२ जिल्लास्थित विभिन्न निकाय, युनिट तथा सब–युनिटमा नियमित रूपमा प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्ने सम्झौता भएको छ।

दुग्ध तथा दुग्धजन्य पदार्थको दैनिक तथा नियमित आपूर्तिका लागि भएको सम्झौतामा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका हुन्।

नेपाली सेना र दुग्ध विकास संस्थानबीच भएको सम्झौताअनुसार सेनालाई दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुने बताइएको छ।

वार्षिक रूपमा ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति गर्ने सम्झौता गरिएको छ।

यसैगरी, सम्झौतामा उल्लेख भएबमोजिम सेनालाई दैनिक ३ सय ६५ किलो (वार्षिक १ लाख ३३ हजार ५ सय २२ किलो) दही, दैनिक ३७ किलो (वार्षिक १३ हजार २ सय ४० किलो) पनिर, दैनिक २१ किलो (वार्षिक ७ हजार ४४१ किलो) होल मिल्क पाउडर र दैनिक १५ किलो (वार्षिक ५ हजार २७८ किलो) चिज आपूर्ति गरिनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।