Logo

प्रमुख समाचार

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ खर्च पार्टीले व्यहोर्ने



 

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने भएको छ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा एक दिन लम्बिएपछि प्रतिनिधिहरूको अतिरिक्त बसाइँ र खानपिनको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन्।

उनका अनुसार महाधिवेशन असोज २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंमा थप एक दिन बस्नुपर्ने अवस्था आएको हो।

श्रेष्ठले प्रतिनिधिहरूमाथि थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने बताए। उनका अनुसार प्रतिनिधिहरूको थप बसोबास र खानपिनको खर्च कांग्रेसले नै बेहोर्नेछ।


प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार १९:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।