Logo

पर्यटन

यती एयरलाइन्सले घटायो भाडा, काठमाडौं फर्किने भाडा थप सस्तो




काठमाडौं ।यती एयरलाइन्सले दसैँलाई लक्षित गर्दै यात्रुका लागि हवाई भाडा सुलभ बनाएको जनाएको छ।

एयरलाइन्सका अनुसार पछिल्लो समय हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगे पनि यात्रुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले भाडा न्यून राखिएको हो।

दसैँका बेला यात्रुको चाप बढ्ने भएकाले एयरलाइन्सले उडान व्यवस्थापनसँगै भाडा संरचनामा समेत सहुलियत दिएको जनाएको छ। यात्रु लिएर गन्तव्यतर्फ जाने उडानको तुलनामा फर्किने उडानमा यात्रु कम हुने र ती उडानमा समेत इन्धन खर्च हुने भए पनि माथिल्लो वर्गको भाडा बन्द गरिएको एयरलाइन्सले जनाएको छ।

दसैँमा यात्रा गर्ने यात्रुलाई थप सहजता प्रदान गर्न फर्किने उडानको भाडा न्यूनतम दरमा उपलब्ध गराइएको एयरलाइन्सको भनाइ छ।

महँगो हवाई इन्धनका कारण सञ्चालन लागत बढिरहेको अवस्थामा पनि दसैँको समयमा यात्रुलाई सहज र सुलभ हवाई सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार १९:५५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।