Logo

समाचार

अनलाइनबाट बिजुलीको बिल तिर्दा थप ०.५० प्रतिशत छुट



 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले घरेलु ग्राहकलाई अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्दा थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ उपलब्ध गराउने भएको छ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठको पहलमा सुरु गर्न लागिएको यो योजना पहिलो चरणमा ६ महिनासम्म लागू हुने जनाइएको छ। अनलाइनमार्फत महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले अब नियमित छुटसँगै थप रिवार्डसमेत पाउनेछन्।

प्राधिकरणका अनुसार मिटर रिडिङ भएको सात दिनभित्र विद्युत् महसुल भुक्तानी गर्दा दिइँदै आएको २ प्रतिशत छुट भने यथावत् रहनेछ। यससँगै अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्न थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने व्यवस्था गर्न लागिएको हो।

प्राधिकरणले डिजिटल भुक्तानीलाई बढावा दिन र ग्राहकलाई सहज रूपमा विद्युत् महसुल तिर्न प्रोत्साहित गर्ने उद्देश्यले यो योजना अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार २०:०९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।