काठमाडौं । घरमा प्रयोग हुने पिउने पानीको गुणस्तर र स्वच्छताप्रति बढ्दो सचेतनासँगै उपभोक्ताहरूले पानी शुद्धीकरण प्रविधिसँगै शुद्धीकरणपछि पानी कसरी भण्डारण गरिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिन थालेका छन् ।
यही आवश्यकतालाई सम्बोधन गर्दै एलजी वाटर प्युरिफायर्सले उन्नत पानी शुद्धीकरण प्रविधिसँगै स्टेनलेस स्टिल ट्याङ्कीको मजबुती र स्वच्छताको विशेषतालाई संयोजन गरी परिवारका लागि दैनिक सुरक्षित र ताजा पिउने पानीको भरपर्दो समाधान प्रस्तुत गरेको छ ।
एलजी वाटर प्युरिफायरको नयाँ रेन्जमा ८ लिटर क्षमताको ३०४ ग्रेड स्टेनलेस स्टिल ट्याङ्क र इन–ट्याङ्क युभी एलइडी मुख्य विशेषताका रूपमा रहेका छन्, जसले परम्परागत प्लास्टिक ट्याङ्कीको तुलनामा थप स्वच्छ र टिकाउ विकल्प प्रदान गर्दछ ।
उच्च गुणस्तरीय स्टेनलेस स्टिलबाट निर्मित यो ट्याङ्की सफा तथा डिसइन्फेक्ट गर्न सहज हुनुका साथै ब्याक्टेरियाको वृद्धिलाई रोक्न मद्दत गर्छ । यसले पानीको हाइजिन तथा स्वच्छता कायम राख्न सहयोग गर्नुका साथै दीर्घकालीन प्रयोगका लागि टिकाउ र भरपर्दो समाधान प्रदान गर्छ ।
थप निश्चिन्तताका लागि डुअल प्रोटेक्सन
एलजीको डुअल प्रोटेक्सन एयरटाइट स्टेनलेस स्टिल ट्याङ्कले शुद्धीकरणपछि पानी भण्डारण गर्दा पनि त्यसको सुरक्षा कायम राख्न मद्दत गर्छ ।
स्टेनलेस स्टिल ट्याङ्कले पानीको ताजापन र स्वच्छता कायम राख्न सहयोग गर्छ भने एयरटाइट ट्याङ्क कभर र लकिङ सिस्टमले बाहिरी धुलो, जीवाणु तथा अन्य अशुद्ध पदार्थहरू ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्नुका साथै जीवाणुको वृद्धि हुन नदिन सहयोग गर्छ ।
यस डुअल प्रोटेक्सन प्रणालीले परिवारका लागि दिनभरि पिउने पानी शुद्ध, ताजा र स्वच्छ रहन थप आत्मविश्वास प्रदान गर्दछ ।
स्वच्छ पानीका लागि मल्टि–स्टेज प्युरिफिकेसन
एलजी वाटर प्युरिफायर्समा मल्टि–स्टेज प्युरिफिकेसन सिस्टम समावेश गरिएको छ, जसमा मोडलअनुसार सेडिमेन्ट फिल्ट्रेसन, एन्टी–स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर र पोस्ट–कार्बन फिल्ट्रेसन जस्ता उन्नत फिल्ट्रेसन प्रक्रियाहरू रहेका छन् ।
परिवारको सुविधालाई ध्यानमा राखेर डिजाइन
८ लिटरको भण्डारण क्षमतासहित एलजी वाटर प्युरिफायर्स परिवारका लागि उपयुक्त छन्, जसले आवश्यक परेको समयमा पर्याप्त शुद्ध पानी उपलब्ध गराउन मद्दत गर्छ । विद्युत् आपूर्ति नभएको अवस्थामा समेत भण्डारण गरिएको शुद्ध पानी प्रयोग गर्न सकिने भएकाले यसले दैनिक जीवनमा थप सुविधा प्रदान गर्दछ ।
डब्ल्युडब्ल्यु१५१एनटी मोडलमा पावर, ट्याङ्क फुल, सर्भिस रिमाइन्डर र युभी इन्डिकेटर्स रहेका छन् भने हरेक ६ घण्टामा ट्याङ्कीभित्रको युभी एलइडी प्रणाली ७५ मिनेटसम्म सञ्चालन हुन्छ । डब्ल्युडब्ल्यु१३१एनएफ मोडलमा पावर र ट्याङ्क फुल इन्डिकेटर्स उपलब्ध छन्, जसले प्रयोगकर्तालाई वाटर प्युरिफायरको अवस्था सहज रूपमा निगरानी गर्न मद्दत गर्छ ।
दुवै मोडलमा ६,००० लिटरसम्मको फिल्टर लाइफ रहेको छ, जसले फिल्टर परिवर्तन गर्ने झन्झट कम गर्दै दीर्घकालीन प्रयोगमा सुविधा प्रदान गर्दछ ।
उन्नत पानी शुद्धीकरण प्रविधिलाई एयरटाइट स्टेनलेस स्टिल स्टोरेज सिस्टमसँग संयोजन गर्दै एलजीले शुद्धता, स्वच्छता, मजबुती र सुविधालाई एउटै समाधानमा प्रस्तुत गरेको छ ।
बजारमा उपलब्ध परम्परागत वाटर प्युरिफायरका सुविधाभन्दा एक कदम अगाडि बढ्दै, एलजीले आफ्ना वाटर प्युरिफायर्समा “२ फ्री मेन्टेनेन्स” सुविधा पनि प्रस्तुत गरेको छ । यो सुविधा पहिलो वर्षको मेन्टेनेन्स सपोर्ट अन्तर्गत प्रदान गरिनेछ, जसले ग्राहकलाई उत्पादन खरिदपछि थप हेरचाह, सुविधा र सुनिश्चितता प्रदान गर्दछ ।
यो विशेष सुविधाअन्तर्गत ग्राहकहरूले २ पटक निःशुल्क सेड्युल्ड एन्ड अटोमेटेड सर्भिस भिजिट, २ पटक निःशुल्क कन्ट्याक्टलेस मेन्टेनेन्ससहित डिजिटल स्टेरिलेसन केयर तथा २ वटा निःशुल्क आउटसाइड सेडिमेन्ट फिल्टर्स प्राप्त गर्नेछन् । यो विशेष सुविधाले ग्राहकलाई उत्पादन खरिदपछि पनि थप सुविधा, निश्चिन्तता र दीर्घकालीन हेरचाह प्रदान गर्नेछ ।
यस पहलमार्फत एलजीले पानी शुद्धीकरणमा मात्र सीमित नभई ग्राहकको दीर्घकालीन सन्तुष्टि र सुविधालाई प्राथमिकता दिँदै ग्राहक सेवामा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।
एलजी वाटर प्युरिफायर्स एलजी ब्रान्ड सप्स, सीजी डिजिटल, तथा अधिकृत एलजी डिलर्समार्फत खरिद गर्न सकिन्छ । ग्राहकहरूले सहज खरिदका लागि शून्य प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा समेत प्राप्त गर्न सक्नेछन् । साथै, हाल चाडपर्वको अवसरमा आकर्षक छुट तथा विशेष अफरहरू पनि उपलब्ध छन् ।



















प्रतिक्रिया