Logo

समाचार

सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द



धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न बिहीबार साँझदेखि राजमार्गमा सवारी आवागमन रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सडक भासिएर दुर्घटनाको जोखिम बढेपछि सावधानीका लागि आवागमन रोकिएको हो।

राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार १९:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।