Logo

इन्स्योरेन्स

आइएमई लाइफ छोडेर एशियन लाइफको सीईओ बन्दै पवन खड्का



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी छोडेर पवनकुमार खड्का एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन्।

खड्का यसअघि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएपछि आइएमई लाइफ इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए। उनीसँग बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव रहेको छ।

एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठले राजीनामा दिएपछि कम्पनीमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढेको हो। कम्पनी सञ्चालक समितिले श्रेष्ठको राजीनामा स्वीकृत गरिसकेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार १५:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।