Logo

खेलकुद

एनपीएल: कर्णालीको विजयी शुरुवात, मध्यम लक्ष्य भेट्टाउन नसक्दा जनकपुर पराजित



काठमाडौं। कर्णाली याक्सले एनपीएल ३ मा विजयी शुरुवात गरेको छ । मंगलबार साँझ भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी शुरुवात गरेको हो ।

१३३ रनको लक्ष्य पछ्याएको जनकपुर खेल सकिन ३ बल बाँकी हुँदै मात्र ११३ रनमा अलआउट भयो । कर्णालीका युनिस विक्रम ठकुरी र हुसेन तलतले समान तीन तीन तथा नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एक विकेट लिए ।

कर्णालीले त्रिवि क्रिकेट मैदानमा ९ विकेट गुमाएर १३२ रन बनायो, जसमा अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए ।

मध्यम लक्ष्य भएपनि जनकपुरका ब्याटरले भेटाउन सकेनन् । जनकपुरका लागि अभिषेक तिवारीले बनाएको २० रन नै सर्वाधिक रह्यो । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९, जिम्मी निशमले १५, मायन यादवले १४, र अनिलकुमार साहले ११ रन बनाए ।

टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन र पवन सर्राफले ३७ रन बनाए ।

जनकपुरका कप्तान हर्मीत सिंहले तीन, मोइन अली र राहुल यादवले दुई दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
एनपीएलमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सखेल्ने छन् खेल साँझ ५ बजे हुनेछ । पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम सोमबारको आफ्नो पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार ०८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।