काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्। भारतमा वाग्लेले दिएको अभिव्यक्तिको विरोध गर्दै बाँस्कोटाले उनलाई ‘नवलेन्डुप’को संज्ञासमेत दिएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले नेपालको परराष्ट्र नीतिसम्बन्धी पृथ्वीनारायण शाहको दिव्योपदेश स्मरण गराएका छन्। उनले राष्ट्रसंघ वा विश्वविद्यालयको विद्यावारिधिभन्दा पनि राष्ट्रिय हित र कूटनीतिक सुझबुझ महत्त्वपूर्ण हुने आशय व्यक्त गरेका छन्।
‘न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग। तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई ‘झुकी कटक–जाई कटक’ र ‘दुई ढुङ्गाको तरुल’को सूत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नवलेण्डुप उफ्रने ? किक आउट हिम, पीएम !’ बाँस्कोटाले लेखेका छन्।
बाँस्कोटाले लेखेका छन्, “न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग। तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई ‘झुकी कटक–जाई कटक’ र ‘दुई ढुङ्गाको तरुल’को सुत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नवलेण्डुप उफ्रने ? किक आउट हिम, पीएम !”
गत कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको’ बताएका थिए। उनको यही अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा आलोचना भइरहेको छ।
बाँस्कोटाले उक्त अभिव्यक्तिलाई राष्ट्रिय हितसँग जोड्दै प्रधानमन्त्री शाहलाई अर्थमन्त्रीलाई मन्त्रिपरिषद्बाट हटाउन आग्रह गरेका हुन्।




















प्रतिक्रिया