काठमाडौं । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क संकलन गर्न लागिएको हो।
आयोजनाले सार्वजनिक गरेको दरअनुसार सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बसलगायत हलुका सवारीसाधनले ६५ रुपैयाँ र काठमाडौँ हुँदै बाहिरिनेले ६० रुपैयाँ शुल्क तिर्नुपर्छ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर वा ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ र बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेशमा २६० रुपैयाँ र काठमाडौंबाट प्रस्थानमा २०० रुपैयाँ शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २५० रुपैयाँ टोल शुल्क लाग्ने आयोजनाले जनाएको छ।




















प्रतिक्रिया