Logo

अर्थ

महालक्ष्मी विकास बैंकको नाफा ११ करोड ८४ लाख, ईपीएस कति?



काठमाडाैं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ११ करोड ८४ लाख ६७ हजार ५९० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशत बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ९ करोड ७५ लाख १२ हजार ४३६ रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.७० प्रतिशतले बढेर ५१ करोड ४ लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५० करोड १९ लाख ७१ हजार रुपैयाँ थियो।

कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च ३२.३७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १५ करोड ७८ लाख ८६ हजार रुपैयाँ रहेको यस्तो खर्च चालु वर्षको पहिलो त्रैमासमा १० करोड ६७ लाख ८४ हजार रुपैयाँमा झरेको छ।

असोज मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ४७ करोड ६२ लाख ६० हजार ८६५ रुपैयाँ पुगेको छ। गत वर्षको समान अवधिमा यस्तो सञ्चित वितरणयोग्य नाफा ३९ करोड ११ लाख ८८ हजार ५५५ रुपैयाँ थियो। यसरी कुल वितरणयोग्य नाफा २१.७५ प्रतिशतले बढेको छ।

नाफामा सुधारसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८ पैसाबाट बढेर १० रुपैयाँ ५० पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७३ पैसा रहेको छ। बैंकको चुक्तापुँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ छ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार १३:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।