काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ।




















प्रतिक्रिया