काभ्रे। अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आइतबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। सडकका विभिन्न स्थानमा खसेको पहिरो तथा थुप्रिएको लेदो र ढुङ्गा हटाएपछि यातायात सञ्चालनमा आएको हो।
शुक्रबार र शनिबार परेको वर्षाका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्मका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएको थियो। त्यसपछि शनिबार बिहानदेखि उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजर प्रयोग गरी पहिरो र लेदो हटाउने काम सुरु गरिएको थियो। सडक खुलाउन सुरक्षाकर्मी र प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो।
रोशी गाउँपालिका–९ स्थित पिन्थलीमा खहरे खोलाले बगाएर ल्याएको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नम्बर ८ को गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




















प्रतिक्रिया