Logo

अर्थ

हिमालयन लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३४ करोड १० लाख ८६ हजार ३५.८४ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४.७५ प्रतिशतले हुन आउने १ करोड ६२ लाख १ हजार ५८६.७० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ८ लाख ५२ हजार ७१५.०९ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १०:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।