Logo

खेलकुद

एनपीएल: आज तालिकाको शिर्ष स्थान र पुछारमा रहेका टोली खेल्दै



काठमाडाैं । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा सोमबार (आज) दुई खेल हुँदैछन् ।

दिउँसो साढे १२ बजे हुने आजको पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली कर्णाली याक्सले काठमान्डु गोर्खाजसँग खेल्ने छ। आज तेस्रो खेल खेल्न लागेको कर्णाली आज पनि जितलाई निरन्तरता दिँदै अपराजित यात्रा कायमै राख्न चाहन्छ । खेलेका दुबै खेलमा जित हात पार्दै कर्णाली तालिकाको शिर्ष स्थानमा छ भने पहिलो खेल हारेको घरेलु टोली काठमान्डु तालिकाको पुछारमा रहेको छ । काठमान्डु पहिलो खेलमा जनकपुरसँग पराजित भएको हो ।

कर्णालीले पहिलो खेलमा जनकपुर र दोस्रो खेलमा विराटनगरलाई हराएर आफु प्रतियोगिताको उपाधि दाबेदार रहेको प्रमाण दिइसकेको छ ।

अस्ट्रेलियाका विष्फोटक ब्याटर डेभिड वार्नरलाई भित्र्याएको काठमाडौँको आजको खेलमा पनि उनी हुने छैनन् ।

आजको दोस्रो खेलमा चितवन राइनोज् र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो भने लुम्बिनीसँग तय भएको आफ्नो दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। यस्तै यसअघिका २ सिजनको फाइनलिस्ट सुदूरपश्चिम यस सिजनमा खराब लयमा देखिएको छ । यसअघिका तीनमध्ये दुई खेल हारेको सुदूरपश्चिमले आज चौथो खेल खेल्न लागेको हो ।

दूरपश्चिम रोयल्सले भने चौथो खेल खेल्न लागेको हो। तीन खेल खेलिसकेको सुदूरपश्चिमले एक खेल मात्रै जितेको छ।

पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरले दोस्रो खेलमा पोखराविरूद्ध जित निकालेको थियो। यसैगरी पानीले मैदान भिजेपछि कारण ५ ओभरमा झारिएको विराटनगर विरूद्धको खेलमा पनि सुदूरपश्चिम पराजित भएको थियो। यो खेलमा म्याच रेफ्रिको निर्णय विपरित खेल्न आनाकानी गरेको भन्दै सुदूरपश्चिमको आलोचना पनि भइरहेको छ । तर सुदूरपश्चिमले भने मैदानको अवस्थाका कारण विदेशी खेलाडीले खेल्न नमानेको बताउँदै आएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १०:५४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।