काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । दुई खेलमा काठमान्डुको यो पहिलो जित हो ।
भर्खरै सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । कर्णालीको यो पहिलो हार हो ।
जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे।
कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २/२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन बनायो ।
जसमा अरिफूल स्लामले ४४, हुसैन तलतले ४०, पवन सराफले ३० रनको योगदान गरे । काठमान्डुका कप्तान करण केसीले २ विकेट लिए ।




















प्रतिक्रिया