Logo

अर्थ

सुनको मूल्य तोलामा २ हजार ३ सय बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ।

आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। आज प्रतितोला सुन २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार ११:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।