काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ३२.६५ अंकले घटेर २,६५७ को विन्दुमा कायम भएको छ ।
आज २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब १८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.५८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४.८६ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया