काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको तीन अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ ऋणपत्र बाँडफाँड गरेको छ ।
बैंकले सात वर्ष अवधिको उक्त ऋणपत्र प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता निष्कासन गरेको थियो । ऋणपत्रबाट बैंकले तीन अर्ब रुपैयाँ पुँजी संकलन गरेको हो ।
ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज पाउनेछन् । सात वर्ष अवधि रहेको ऋणपत्रको ब्याज भुक्तानी बैंकले तोकिएको व्यवस्थाअनुसार गर्नेछ ।




















प्रतिक्रिया