काठमाडाैं । सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ।
अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
अभियान सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र करिब १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।





















प्रतिक्रिया