काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुजन तामाङ रहेका छन्। प्रहरीका अनुसार बिहीबार राति उनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको थियो। प्रहरीको गोली लागेर तामाङको दायाँ खुट्टामा चोट लागेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तामाङले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै आएका थिए।
डलर साट्ने बहानामा सर्वसाधारणलाई निशाना बनाउँदै आएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया