Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १०:५४   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।